अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार काठमाडौं आइपुगेकी छिन् ।
उनी कतार हुँदै केहीबेरअघि काठमाडौंमा अवतरण गरेकी हुन् । चार दिने भ्रमणका लागि काठमाडौं आएकी सुमारले सबैजसो राजनीतिक दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।
फातिमासँगै एमसीसीका सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि काठमाडौं आएका छन् ।
नेपाल र अमेरिका बीच भएको एमसीसी सम्झौता कार्यान्वयनको लागि राजनीतिक तहमा उनीहरूले संवाद गर्ने तयारी गरेका छन् ।
उपाध्यक्ष सुमारले आजै संसद्को...