छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दै राजनीतिक भेटवार्ता शुरु गरिन्। कांग्रेस महामन्त्री पदमा उम्मेदवारी दिने प्रवक्ता विश्वप्रकाश शर्माले घोषणा गरेका छन्। एमसीसीकी उपाध्यक्षलाई कालोझण्डा देखाउन प्रयास गर्ने १५ जना पक्राउ परेका छन्। काँग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।