रोमाञ्चक बन्दै सिरी ए : मिलानको बराबरी‚ नापोली पराजित

इटालियन सिरी ‘ए‘  फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ।  शीर्षस्थानको एसी मिलान लगातार दोस्रो खेलमा बराबरीमा रोकिँदा तेस्रो स्थानको नापोली भने पराजित भएको छ। दुवै टिमको नतिजाले दोस्रो स्थानको इन्टर मिलानलाई भने फाइदा पुगेको छ।शीर्ष स्थानमा रहेको मिलानले टोरिनोविरुद्ध गोलरहित बराबरीमा चित बुझाउन बाध्य भयो। पहिलो तथा दोस्रो हाफमा गोलका राम्रा अवसर सिर्जना गरे पनि मिलानले बराबरी टार्न भने असफल रह्यो।त्यस्तै‚ अर्को खेलमा शीर्ष स्थानमा उक्लिने मौका नापोलीले गुमायो। फियो

सम्बन्धित सामग्री

नापोली उपाधि नजिक

११ वैशाख, काठमाडौं । इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहेको नापोलीले आइतबार राति युभेन्ट्सलाई १–० ले पराजित गरेको छ । यस जितपछि नापोली तीन दशकपछि पहिलो लिग उपाधिको निकै नजिक पुगेको छ । युभेन्ट्सलाई उसैको मैदानमा पराजित गर्न नापोलीका लागि इन्जुरी टाइममा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे । जितपछि नापोलीले ३१ खेलबाट ७८ अंक […]

इटालियन सिरी ए : नापोली शीर्ष स्थानमा उक्लियो

काठमाडौं : इटलियन सिरी ए फुटबलमा नापोलीले लाजिओलाई २–१ गोलले पराजित गरेको छ। योसँगै नापोली ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको मिलान दोस्रो स्थानमा छ। नापोलीसँग पराजित लाजिओ ५ खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ।यस्तै गएराति नै भएको मिलान डर्बी भिडन्तमा एसी मिलानले जित निकालेको छ।एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराएको हो।रोमान्चक बनेको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा इन्टर पराजित भएको हो। यस जितसँगै मिलानले ५ खेलमा ११ अंक जोड

युभेन्ट्सको सहज जित, नापोली रोकियो

इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकाल्दा नापोली बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई २–० गोल अन्तरले हराएको हो ।घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन डुसन लाहोभिक र आर्काडिउस मिलिकले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा गोल गर्दै डुसनले युभेन्ट्सलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा मिलिकले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।जितसँगै युभेन्ट्सले ४ खेलबाट ८ अंक जोडेको छ । युभेन्ट्स तालिकाको चौथो स्थानमा छ ।बुधबार राति नै भएको

इटालियन सिरी ‘ए’ फुटबल: नापोली र काग्लियारी बराबरीमा रोकिए

काठमाडौं, १० फागुन । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र काग्लियारी बराबरीमा रोकिएका छन् । सोमबार राति भएको खेलमा नापोली र काग्लियारीबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५८औं मिनेटमा गास्टन पेरिरोले गोल गर्दै काग्लियारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८७औं मिनेटमा भिक्टर ओसिम्हेनले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याएका […]

इटालियन सिरी ए : नापोलीको सहज जीत

इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले भेनिजियालाई २-० गोल अन्तरले हराएको हो । जीतसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । नापोलीले २४ खेलमा ५२ अंक जोडेको छ । भेनेजिया १८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ । नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो […]

इटालियन सिरी ए मा नापोलीको पहिलो हार

६ मंसिर, काठमाडौं । शीर्ष स्थानको नापोलीले इटालियन सिरी ए मा पहिलो हार बेहोरेको छ । आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएर पनि नापोली साविक विजेता इन्टर मिलानसंग ३-२ ले पराजित भयो । घरेलु मैदानमा इन्टरलाई जिताउन हाकन चाल्हानोग्लु, इभान पेरिसिक र लाउटारो मार्टिनेजले गोल गरे । नापोलीका लागि पिटर जेलिन्स्की र ड्राइस मर्टेन्सले गोल […]

नापोली र एसी मिलान विजयी

१५ कात्तिक, काठमाडौं। इटालियन सिरी ए मा शीर्ष स्थानका दुई क्लब नापोली र एसी मिलानले अपराजित यात्रालाई कायम राख्दै जित हात पारेका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको नापोलीले सालेरनिटानालाई १-० ले पराजित गरेको हो । नापोलीका लागि पिटर जेलिन्स्कीले निर्णायक गोल गरे । यस्तै एसी मिलानले रोमालाई २-१ ले पराजित गरेको छ । […]

नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा

काठमाडौँ- नापोली इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा नापोलीले उडीनेजेलाई ४-० गोलले हराउँदै शीर्ष स्थानमा पुगेको हो । नापोलीको जितमा भिक्टर ओसिम्हेन, अमिर राहमनी, कालिडोउ कौलिबालि र हिर्भीङ लोजानोले गोल गरे । जितसँगै नापोलीले ४ खेलमा १२ अंक जोडेको छ । उडीनेजे ७ अंक जोडेर आठौँ स्थानमा छ […]

इन्टरको विजयी यात्रामा नापोली तगारो

काठमाडौं। इटालियन सिरी ‘ए’ लिगको शीर्ष क्लब इन्टर मिलान गएराती नापोलीसँग १–१ बराबरीमा रोकिएको छ। सामिर हान्डोभिकको आत्मघाती गोलमा घरेलु टोली नापोलीले ३६औं मिनेटमा अग्रता दिलाएका थिए। ५५औं मिनेटमा इन्टरका क्रिष्टियन इरिक्सनले बराबरी गोल फर्काए। बराबरीपछि ३१ खेलबाट ७५ अंक जोडेको इन्टर दोस्रो स्थानको एसी मिलानभन्दा ९ अंकले माथि छ। नापोली ६० अंकका साथ पाँचौं स्थानमा छ।