इटालियन सिरी ए : नापोलीको सहज जीत

इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जीत निकालेको छ । आइतबार राति भएको खेलमा नापोलीले भेनिजियालाई २-० गोल अन्तरले हराएको हो । जीतसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । नापोलीले २४ खेलमा ५२ अंक जोडेको छ । भेनेजिया १८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।