काठमाण्डाै – अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । उहाँले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिनुभएको छ । तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाब...