युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ । रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले रसियाको माग अस्वीकार गरेका हुन् । युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन् । विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरुले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन् । यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउट