नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेको हो । समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ । समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बना