काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका छन्। २०५२ सालदेखि दश वर्षे जनयुद्धको नेतृत्व गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका हुन्। माओवादी जनयुद्धपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभापश्चात् तेस्रो ठूलो दल स्थापित भयो। मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टीका सिद्धान्त मानिएको माओवादी ०७५ सालमा नेकपा एमालेसँग एकता गरे