काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ। पछिल्लो समय मन्त्रालय भागबण्डाको विषय पेचिलो बन्दै जाँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनीहरूले छाडेका सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल