काठमाडौं : समाजवादी मोर्चामा दुई महिनामा नै खटपट सुरु भएको छ। बुधबारदेखि औपचारिक रूपमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा आएसँगै समाजवादी मोर्चामा खटपट सुरु भएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर गत असार ४ मा समाजवादी मोर्चा बनेको थियो। ४ कम्युनिष्ट घटकहरूले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवा