काठमाडौं : नेपाली विशेषताको समाजवाद निर्माण गर्ने प्रमुख लक्ष्य राखेर गत ४ असारमा बनेको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ मा धुमधामसँग सुरु भएको समाजवादी मोर्चा मंसिरसम्म आइपुग्दा सुस्ताएको हो। जति फूर्तिसाथ मोर्चा बनेको थियो, त्यति नै छिटो सुस्ताउँदै गएको छ। सुरुवातमा सचिवालय गठन गर्ने, प्रदेश तहसम्म केन्द्रकै शैलीमा संगठन विस्तार गर्ने र वि