सीमा नाकामा थप कडाइ

काठमाण्डाै - देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकले अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको हो ।कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान, आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय भएको छ । नाकामा हुँदै आएको स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ ।बैठकमा नेपालमा अफगानी नागरिक र अन्य देशका नागरिक के कति छन् ...

सम्बन्धित सामग्री

व्यक्तिगत कर्जामा राष्ट्र बैंकले गर्‍यो थप कडाइ

१८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रयोजन नखुलेको कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत व्यक्तिगत प्रयोजनका कर्जाहरुमा थप कडाइ गरेको हो । यसअघि नै यस्तो कर्जाको सीमा अधिकतम ५० करोड तोकेकोमा अब […]

सुरक्षा समिति बैठक : सीमा नाकामा थप कडाइ गरिने

सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अन

सुरक्षा समिति बैठकद्वारा सीमा नाकामा थप कडाइ गर्ने निर्णय

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।   अब अवंैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भएको छ । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ । पछिल्ल...

काँकडभिट्टामा भारतीय नागरिकमाथि थप कडाइ

झापा : पूर्वी नेपालको काँकडभिट्टा–पानीटंकी सीमा नाकामा भारतीय नागरिकमाथि थप कडाइ गरिएको छ।काम विशेषले नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले सीमा नाकामै थप कडाइ गरेका हुन्।काँकडभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सीमा तैनाथ सुरक्षाकर्मीले भारतीय नागरिकमाथि थप निगरानी बढाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा डिएसपी सुनिल दाहालले जानकारी दिए।यहाँका सुरक्षाकर्मीले सीमा नाकामा केही समयअघि भारतीय नागरिकलाई पिसीआर रिपोर्ट वा खोप

कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै

मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाक

दाङ : नेपाल-भारत सीमानाकामा थप कडाइ

दाङ - कोरोना भाइरसकाे सङ्क्रमण दर बढेसँगै भारतसँग सीमा जोडिएको दाङका सबै नाकाहरूमा कडाइ गरिएको छ । मुख्य सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण मानिसहरु वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्दै आइरहेकाले नाकामा कडाइ गरिएकाे दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।  दाङ कोरोना भाइरस सङ्क्रमणकाे जोखिममा रहेकाले सुरक्षित राख्न, सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि कोइलाबास नाका लगायत अन्य खुला क्षेत्रबाट हुने आवागमन बन्द गरिएको पौडेलले बताउनुभयो । ‘भारतमा को...

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनले दुवै जिल्लामा किनमेल लगायतका […]

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं, बैशाख ७ । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ ।दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार […]

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ । दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्णय सार्वजनिक गर्दै सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने बताए । मास्क नलगाए १० रुपैयाँ जरीवाना गर्ने निर्णय सरकारले गरेको छ । उनका अनुसार लामो दूरीका सवारीसाधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ । गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्धजस्ता चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको छ । विवाह र व्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने आदेश जारी गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी गराए । सरकारले होटेल तथा रेस्टुराँ सञ्चालनमा पनि कडाइ गरेको छ । अब नयाँ नियमअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् । निर्धारित समयपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने समेत निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङका अनुसार सीमा नाकामार्पmत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको बताए । गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, वीरगञ्ज, काँकडभिट्टालगायत नाकामा होल्डिङ सेन्टर बनाइनेछ । भारतबाट आउनेको स्वास्थ्य त्यहीँ परीक्षण गरेर मात्रै गन्तव्यमा जान अनुमति दिइनेछ । सरकारले पूर्वनिर्धारित परीक्षाहरू भने नरोक्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी आदेश जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारू गर्ने निर्णय गरेको छ । त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरू वैशाख महीनाभर भौतिक रूपमा बन्द गर्ने तर वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने सरकारी निर्णय छ । सोमवार काठमाडौं उपत्यकामा मात्र ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा मात्रै ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।