दाङ : नेपाल-भारत सीमानाकामा थप कडाइ

दाङ - कोरोना भाइरसकाे सङ्क्रमण दर बढेसँगै भारतसँग सीमा जोडिएको दाङका सबै नाकाहरूमा कडाइ गरिएको छ । मुख्य सीमानाका बन्द गरिए पनि खुला सीमाका कारण मानिसहरु वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्दै आइरहेकाले नाकामा कडाइ गरिएकाे दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।  दाङ कोरोना भाइरस सङ्क्रमणकाे जोखिममा रहेकाले सुरक्षित राख्न, सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि कोइलाबास नाका लगायत अन्य खुला क्षेत्रबाट हुने आवागमन बन्द गरिएको पौडेलले बताउनुभयो । ‘भारतमा को...