सुरक्षा समिति बैठक : सीमा नाकामा थप कडाइ गरिने

सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अन