वैशाखदेखि माथिल्लो तामाकोसीको परीक्षण

बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाखदेखि परीक्षण उत्पादन गर्ने तयारी थालेको छ । ४ सय ५६ मेगावाट जडित क्षमता भएको आयोजनाको पेनस्टक पाइपमा राख्नुपर्ने एक्सपान्सर पाइप ठेकेदार कम्पनीले समयमै उत्पादन गर्न नसकेपछि संशोधित डिजाइनको पाइप जडान सुरु भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीको हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयर धनीहरूबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ।...

अभौतिक नभए दुई लाख दोलखालीले तामाकोसीको थप सेयर नपाउने

आफूसँग भएको कागजी सेयरलाई अभौतिक (विद्युतीयमा रूपान्तरण) नगरे दुई लाख सेयरधनी दोलखालीले अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा सहभागी हुन वञ्चित हुने भएका छन् । नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो माथिल्लो तामाकोसी । दोलखाको उत्तरी भेग विगू गाउँपालिका–१ लामाबगरमा बनेको माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट छ । सार्वजनिक कम्पनीको रूपमा स्थापना गरी लगानी […]

माथिल्लो तामाकोसीको ड्याममा बेपत्ता मजदुरको दुई हप्तापछि शव फेला

दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो ।  यसअघि काठमाडौँबाट आएको गोताखोर

माथिल्लो तामाकोसीको नजर कवाडीतिर

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनास्थलबाट फलाम बोकेर आएका टेलरबाट स्थानीयले भोर्लेमा सामान झारिदिए । ती सामान विगू गाउँपालिका–४ भोर्लेको पेट्रोल पम्प छेउमा तीन महिनादेखि अलपत्र छ । वैशाख अन्तिममा पनि ६ वटा ट्रकमा फलाम बोकेका ट्रक स्थानीयले नै आयोजनास्थलतिरै फर्काइदिएका थिए ।६ महिनाअघि पनि नदी सरसफाइको नाममा माथिल्लो तामाकोसी आयोजनास्थल गोंगर क्षेत्रमा फलाम संकलन भएको थियो […]

तामाकोसीको विद्युत् सीधै काठमाडौंसम्म

चरीकोट, साउन २३ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सीधै काठमाडौं पठाउन सकिने भएको छ । रामेछापको फुलासीमा निर्माण भएको न्यु खिम्ती सबस्टेसनस्थित १०० एमभीए क्षमताको २२०र१३२ केभीको ट्रान्सफर्मर चार्ज गरिएसँगै विद्युत् सीधै काठमाडौँ पठाउन सकिने भएको हो । बिहीबार राति ११ बजे २२० जीआईएस (ग्यास इन्सुलेटेड सबस्टेसन)बाट […]

माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु

काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको चौथो युनिटबाट समेत विद्युत् उत्पादन सुरु भएको छ । आयोजनाको विद्युत् सोमबार दिउँसोबाट प्रणालीमा जोडिएसँगै यसको विद्युत् उत्पादन क्षमता ३ सय ४ मेगावाट पुगेको हो । आयोजनाले सबै चरणको आन्तरिक परीक्षण पूरा गरी चौथो युनिट प्रसारण लाइनमा जोडेको आयोजनाका प्रमुख […] The post माथिल्लो तामाकोसीको चौथो युनिटबाट विद्युत् उत्पादन सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तामाकोसीको उत्पादनले नेपाल बिजुलीमा आत्मनिर्भर हुन्छ

१५ वर्षअघि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि दोलखास्थित लामबगर पुगेका विज्ञान श्रेष्ठ अहिले आयोजनाको प्रवद्र्धक अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । २०६५ सालदेखि आयोजना प्रमुख हुँदै हाल प्रमुख कार्यकारी रहेका उनीसँग माथिल्लो तामाकोसी निर्माण सुरुदेखि अहिलेसम्मको अनुभव छ । ८० अर्बभन्दा बढी लागत अनुमान गरिएको नेपालको सबैभन्दा ठूलो स्वदेशी […]

माथिल्लो तामाकोसीको परीक्षण उत्पादन यही साता

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक साताभित्र पहिलो युनिटको विद्युत् परीक्षण उत्पादन गर्ने भएको छ । शनिबार रातिदेखि मुख्य सुरुङको ८ किलोमिटर क्षेत्रमा ४८ घन्टा पानी भरेर...

माथिल्लो तामाकोसीको मुख्य सुरूङमा सोमबारदेखि पानी पठाइने

चरीकोट, वैशाख १२ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने भएको छ । त्यससँगै तामाकोसीदेखि सुनकोसी दोभानसम्म पानीको विविध क्षेत्रमा हुने प्रयोगमा रोक लगाएको छ ।आयोजनामा निर्मित जलाशयमा पानी भर्ने र सोमबारदेखि मुख्य सुरुङमा पानी पठाउने काम हुन लागेकाले सुरक्षित रहन यसरी रोक लगाइएको […]