दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव आज फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बताए ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा उनको शव आज जलविद्युत् आयोजनाको ड्याममा फेला परेको थियो । यसअघि काठमाडौँबाट आएको गोताखोर