अमेरिकाले इजरायललाई दिने आर्थिक सहायताका विषयमा राष्ट्रपति जो बाइडनकै पार्टीका केही नेताहरूले प्रश्न उठाउन थालेका छन् ।
अमेरिकाको पैसा केमा खर्च भइरहेको भन्ने विषयमा तीखो नजर राख्नुपर्ने सिनेटर बर्नी स्यान्डर्सको भनाइ छ ।
सन् २०२० मा अमेरिकाले इजरायललाई ३.८ अर्ब डलरको आर्थिक सहायता गरेको थियो । ओबामा प्रशासनले लामो समयसम्म इजरायललाई वार्षिक सहायता दिनका लागि गरेको प्रतिबद्धता अनुसार नै यो दिइएको थियो ।
सन् २०१७ देखि २०२८ सम्म गरी ३८ अर्ब डलरको प्याकेज सहमतिमा ओबामा प्रशासनले सन् २०१६ मा हस्ताक्षर...