अमेरिकाले एयर इन्डियालाई तोक्यो १४ लाख डलर जरिवाना, तर किन ?

अमेरिकाले कोभिड–१९ महामारीको समयमा उडान रद्द वा परिवर्तनबाट प्रभावित अमेरिकी यात्रुहरूलाई टिकटको पैसा फिर्ता गर्न ढिलाइ गरेकोमा एयर इन्डियालाई १४ लाख डलरको जरिवाना लगाएको छ ।अमेरिकी यातायात विभागले सोमबार दिएको जानकारी अनुसार टाटाको स्वामित्वमा रहेको एयर इन्डियाको ६ वटा एयरलाइन्समा समावेश छ जसले यात्रीलाई रिफन्डको रुपमा कुल ६० करोड डलर फिर्ता गर्न निर्देशन दिएको छ ।एयर इन्डियालाई पनि १२.१५ करोड डलर फिर्ता गर्न भनिएको छ ।अधिकारीहरूका अनुसार एयर इन्डियाका यात्रुहरूको ‘अनुरोधमा फिर्ता&r