काठमाण्डाै – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाउनुभएको छ । आज बुधवार माइतीघर मण्डलामा राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका आठ राजनीतिक सङ्गठनले आयोजना गरेको अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्धको संयुक्त प्रदर्शनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरू एमसीसीको विपक्षमा नआउने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पर...