सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त गरेकोप्रति विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल, माधवकुमार नेपाल पक्ष निकट प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गरेर कामचलाउ सरकारले अध्यक्ष नियुक्त गरेकोमा आपत्ति जनाएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘विशेषगरी विभिन्न सरकारी स्वामित्वका सञ्चार संस्था एवं निकायमा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गर्ने, त...