सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति

काठमाडौँ । समाचार लेखेको विषयमा पत्रकार र सम्पादकहरूलाई सर्वोच्च अदालतले बोलाएकोमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराबिच भेट भएको भन्दै लेखेको समाचारका बारे सर्वोच्च अदालत प्रशासनले इमेज खबर डटकमका सम्पादक राजन कुइँकेल र नेपाल समय डट कमका प्रधान सम्पादक नारायण अमृतलाई छलफल गर्न बोलाएको थियो । […]