क्रान्तिकारी पत्रकार महासंघका महासचिव पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति

क्रान्तिकारी पत्रकार महासंघले पत्रकार रवि पाण्डेयलाई हिरासतमा लिएकोप्रति आपत्ति जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष नारायण पंगेनीले शनिबार विज्ञप्ती जारी गर्दै महासंघका महासचिव पाण्डेयलाई नवलपरासी (बर्दघाट सुस्तापश्चिम) इलाका प्रहरी कार्यालय सुनवलले हिरासतमा लिएकोप्रति आपत्ति जनाइएको हो ।शनिवार विहान नेकपा (क्रान्तिकारी माओवादी)ले सुनवल क्षेत्रमा गरेको निर्वाचन बहिष्कार कार्यक्रमको समाचार संकलन गर्न गएका पाण्डेलाई पक्राउ गरिइएको जनाइएको छ । समाचार संकलन गरेकै आधारमा पक्राउ गरिन

सम्बन्धित सामग्री

पत्रकार महासंघको निर्वाचनमा प्रगतिशीलसहित ११ संगठनबीच गठबन्धन

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा ११ संगठनबीच गठबन्धन बनेको छ । शुक्रबार ११ संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी गठनबन्धन गर्ने निर्णय भएको जनाएका छन् । गठबन्धनमा प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जन पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल,प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोकतान्त्रिक छापा माध्याम राष्ट्रिय समाज रहेका छन् । महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रतिगामी कदमविरुद्ध रहेका पत्रकारहरुका संगठनबीचमा सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर खबरदारी गर्ने प्रतिबद्धता समेत ती संगठनहरुले जनाएका छन् । बैठकपछि जारी विज्ञप्तिमा मिडिया काउन्सिल विद्येयक, सार्वजनिक सेवा प्रसारण विद्येयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका सरकारले अघि बढाएका विद्येयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्ति गरिएको छ। यस्तै, विज्ञप्तिमा सरकारी सञ्चारमाध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दूर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवी पत्रकारहरूमाथि मनोवैज्ञानिक दबाब दिने हर्कप्रति आपत्ति समेत जनाइएको छ । ११ संगठनको साझा विज्ञप्तिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने प्रतिबद्धता समेत जनाइएको छ।