कसहामा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सिराहाको धनगढीमाई नगरपालिकाको कसहा बजारमा आफ्नो ११औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा गरेका...

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको अन्तक्र्रिया

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले व्यवसायीसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको हो । कम्पनीले १९ माघमा खरेन्द्रपुर शाखा, २० माघमा मधुवन शाखा र २१ माघमा औराही शाखामा कार्यक्रम...

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बुटवल उप महानगरपालिका–५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आएको शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका–६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध […]

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रूपन्देहीको बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । कार्यालय बुटवल उप महानगरपालिका–६, अमरपथमा स्थानान्तरण भएको हो । शाखा कार्यालयको औपचारिक उद्घाटन सोमवारका संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लोहनीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्त्वको विषयमा स्पष्ट पारेका थिए । १३ शाखा संख्या रहेको संस्थाले अर्को वर्ष थप शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । संस्थाले निःशुल्क मोबाइल बैंकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ लगायत सेवा सञ्चालनमा रहेको बताएको छ ।  निक्षेपमा उच्चतम १२ दशमलव ७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ ।

समृद्धि फाइनान्सको शाखा विस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कपिलवस्तुको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ । यो फाइनान्सको १३ औं शाखा हो । उक्त शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका सञ्चालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर अजय थापाले यस क्षेत्रमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिग कारोबार […]

समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको १३औं शाखा  कपिलवस्तुको खरेन्द्रपुरमा सञ्चालनमा आएको छ । शाखाको शिवराज नगरपालिकाका मेयर अजय थापा र संस्थाका सञ्चालक विनोदकुमार सुवेदीले सोमवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।  उक्त कार्यक्रममा मेयर थापाले बंैकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा सञ्चालनमा आउँदा स्थानीयले बैंकिङ कारोबारमा लाभ लिने अपेक्षा गरे । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले सस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे स्पष्ट पारेका थिए । संस्थाका सञ्चालक सुवेदीले स्थानीयको आवश्यकता अनुसार आफ्ना सेवामा परिमार्जन गर्दै थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायत कर्जा प्रवाह गरिरहेको जानकारी दिएको छ ।

औरहीमा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यो १०औँ शाखा हो । नयाँ शाखाको औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेको...

सर्लाहीको गैरमा समृद्धि फाइनान्सको शाखा

काठमाडौं  । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखा सर्लाहीको गैरमा सञ्चालनमा आएको छ । सोमवार कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र संस्थाका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर रायले बैंकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा खुल्दा स्थानीयले गाउँमै सहज सेवा लिने अवसर पाएको बताए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।

बुद्ध जयन्ती उभौली पर्वमा समृद्धि फाइनान्सको कार्यक्रम

समृद्धि फाइनान्सले बुटबलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण गरेको छ । यसका साथै फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबोमार्फत खाद्यान्न वितरण गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ […]

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

काठमाडौं, ४ बैशाख । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच सम्झौता वैशाख ४ गते सम्झौता भएको छ । सम्झौता फाइनान्सको शाखा कार्यालय पुतलीसडक, काठमाण्डौमा भएको हो । यो सम्झौतापछी फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै (Laptop, Mobile, TV र अन्य electronic सामानहरु खरिद गर्दा अधिकतम २० हजार […]

समृद्धि फाइनान्सको रक्तदान

चितवन (अस) । समृद्धि फाइनान्स कम्पनीको नारायणगढ शाखाले  खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार खुला रक्तदान आयोजना गरेको हो । कोरोना महामारीमा रक्त संकलनमा देखिएको समस्यालाई लक्षित गरी खुला रक्तदान सञ्चालन गरिएको नारायणगढ शाखा प्रबन्धक विकास सापकोटाले बताए । कार्यक्रममा मिलन रोड टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर खातीले कम्पनीले वित्तीय सेवा प्रवाहका साथै सामाजिक काम गरेकामा धन्यवाद दिए ।