समृद्धि फाइनान्सको रक्तदान

चितवन (अस) । समृद्धि फाइनान्स कम्पनीको नारायणगढ शाखाले  खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार खुला रक्तदान आयोजना गरेको हो । कोरोना महामारीमा रक्त संकलनमा देखिएको समस्यालाई लक्षित गरी खुला रक्तदान सञ्चालन गरिएको नारायणगढ शाखा प्रबन्धक विकास सापकोटाले बताए । कार्यक्रममा मिलन रोड टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर खातीले कम्पनीले वित्तीय सेवा प्रवाहका साथै सामाजिक काम गरेकामा धन्यवाद दिए ।

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम

काठमाडौं । समृद्धि फाइनान्सका जनकपुर र इटहरी शाखा कार्यालयले बिहीवार रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । ‘रक्तदान जीवनदान’ भन्ने मान्यतालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीको भनाइ छ । कम्पनीका बाँकी अन्य शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको कम्पनीका सञ्चालन विभाग प्रमुख चूडामणि खनालले जानकारी दिए । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको मान्यता प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठओटा शाखामार्फत कारोबार गर्दै आएको छ ।