समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको १३औं शाखा  कपिलवस्तुको खरेन्द्रपुरमा सञ्चालनमा आएको छ । शाखाको शिवराज नगरपालिकाका मेयर अजय थापा र संस्थाका सञ्चालक विनोदकुमार सुवेदीले सोमवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।  उक्त कार्यक्रममा मेयर थापाले बंैकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा सञ्चालनमा आउँदा स्थानीयले बैंकिङ कारोबारमा लाभ लिने अपेक्षा गरे । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले सस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे स्पष्ट पारेका थिए । संस्थाका सञ्चालक सुवेदीले स्थानीयको आवश्यकता अनुसार आफ्ना सेवामा परिमार्जन गर्दै थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जालगायत कर्जा प्रवाह गरिरहेको जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बुटवल उप महानगरपालिका–५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आएको शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका–६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गरेका छन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध […]

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको रूपन्देहीको बुटवल शाखा कार्यालय स्थानान्तरण भएको छ । कार्यालय बुटवल उप महानगरपालिका–६, अमरपथमा स्थानान्तरण भएको हो । शाखा कार्यालयको औपचारिक उद्घाटन सोमवारका संस्थाका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले गरेका थिए । प्रमुख कार्यकारी अधिकृत लोहनीले संस्थाको परिचयका साथै संस्थाले उपलब्ध गराउने सेवा सुविधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्त्वको विषयमा स्पष्ट पारेका थिए । १३ शाखा संख्या रहेको संस्थाले अर्को वर्ष थप शाखा विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ । संस्थाले निःशुल्क मोबाइल बैंकिङ डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिट्यान्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङ लगायत सेवा सञ्चालनमा रहेको बताएको छ ।  निक्षेपमा उच्चतम १२ दशमलव ७५ प्रतिशतसम्मको आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ ।

समृद्धि फाइनान्सको शाखा विस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कपिलवस्तुको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ । यो फाइनान्सको १३ औं शाखा हो । उक्त शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका सञ्चालक बिनोद कुमार सुबेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर अजय थापाले यस क्षेत्रमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिग कारोबार […]

कसहामा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सिराहाको धनगढीमाई नगरपालिकाको कसहा बजारमा आफ्नो ११औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र संस्थाका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा गरेका...

औरहीमा समृद्धि फाइनान्सको शाखा

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले महोत्तरीको औरहीमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यो १०औँ शाखा हो । नयाँ शाखाको औरही नगरपालिकाका मेयर प्रदीपकुमार खड्का र फाइनान्सका सञ्चालक दुर्गा थापाले संयुक्त रूपमा उद्घाटन गरेको...

सर्लाहीको गैरमा समृद्धि फाइनान्सको शाखा

काठमाडौं  । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखा सर्लाहीको गैरमा सञ्चालनमा आएको छ । सोमवार कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र संस्थाका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा मेयर रायले बैंकको अत्यधिक आवश्यकता रहेको क्षेत्रमा शाखा खुल्दा स्थानीयले गाउँमै सहज सेवा लिने अवसर पाएको बताए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए ।