नेपाल मोबाइल व्यावसायी महासंघको अध्यक्षमा भट्टराई निर्वाचित

२६ जेठ, काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन्। शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र …

सम्बन्धित सामग्री

नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रूपमा विधान संशोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौँ संशोधनले संस्थागत विकास तर्फ महत्त्वपूर्ण निर्णय गरेको छ । महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने […]

उद्योग वाणिज्य महासंघको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।  सोमबार बसेको महासंघको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था...

उद्योग वाणिज्य महासंघको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।  सोमबार बसेको महासंघको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था...

बुद्धिचाल महासंघ-अध्यक्षमा गौतम निर्विरोध,अन्य पदमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]

एशोसियोको उपाध्यक्षमा बुटवलका कुँवर निर्वाचित

रूपन्देही । सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एशियन ओशिनियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेशन (एशोसिओ) को उपाध्यक्षमा बुटवलका नवराज कुँवर निर्वाचित भएका छन् । सिंगापुरमा भएको साधारण सभाबाट कुँवर उपाध्यक्षमा निर्वाचित भएका हुन् । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघको अध्यक्ष रहेका कुँवर एशोसिओको वार्षिक साधारणसभामा भाग लिन केही दिनअघि सिंगापुर प्रस्थान गरेका थिए । वार्षिक साधारणसभामा भएको […]

धनगढी उपमहानगरमा उद्यमी हमाल निर्वाचित

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । शनिवार सम्पन्न मतगणना अनुसार उनी २६ हजार ८६५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत पाएका थिए । वड उपमहानगरका निवर्तमान प्रमुख समेत हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार उपमहानगरको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी बनेकी कन्दकला राना थारु निर्वाचित भएकी छिन् । उनले १५ हजार ४७९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरिन् । गत निर्वाचनमा पनि उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका हमाल निवर्तमान प्रमुख वडसँग झीनो मतान्तरले पछि परेका थिए । उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुख माओवादीका तर्फबाट तालमेल गरी उम्मेदवारी दिइएको थियो । वडा तहका पदमा भने आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति सत्ता साझेदार दलहरूबीच थियो । उपमहानगरका अधिकांश वडामा अध्यक्ष र सदस्य पदमा कांग्रेसका प्रत्यासी विजयी भएका छन् । प्रमुखमा निर्वाचित हमाल यसअघि कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष र सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका छन् । ‘सुन्दर सुदूरपश्चिम प्रदेश अभियान’को शुरुआत कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले नै गरेका थिए । धनगढीका व्यवसायी हमालको सामाजिक सेवामा योगदान छ । उनकै अग्रसरतामा केही वर्षदेखि धनगढीमा कपडा बैंक सञ्चालनमा छ । कपडा बैंकबाट कपडा सित्तैमा उपलब्ध गराउने गरिएकाले गरीब तथा न्यून आय भएका वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ । सो बैंकमा इच्छुक व्यक्तिले तयारी कपडासमेत उपलब्ध गराउने गरेका छन् । हमालले केही वर्षदेखि धनगढीमा निःशुल्क शववाहनको पनि व्यवस्था गरेका छन् । यसबाट मृतक व्यक्तिको अन्तिम संस्कारका बेला सम्बन्धित परिवारलाई सहयोग पुग्ने गरेको छ । निर्वाचित भएपछि मतगणनास्थलमा पत्रकारसँग कुरा गर्दै हमालले उपमहानगरपालिकाले गर्ने काम पारदर्शी, जनमुखी र भ्रष्टाचाररहित बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पक्षपातरहित ढंगले सबैको सहयोगमा धनगढीको विकास र समृद्धिका पक्षमा काम गरिनेछ,’ उनले भने । यसैगरी कैलालीका सबै १३ ओटै स्थानीय तहको चुनावको अन्तिम नतीजा सार्वजनिक भएको छ । रासस

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर निर्वाचित

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदमा विजय स्वाँर निर्वाचित भएका छन् । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा स्वाँर निर्विरोध निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमारी शाही र हरिशरण केसी निर्वाचित भएका छन् । महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा अर्जुन...

रवि सिंह निर्माण व्यवसायी महासंघको अध्यक्ष निर्वाचित

काठमाडौं, ३० फागुन । निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले खसेको ११८५ मतमा ७६५ मत ल्याएर जित हासिल गरेका हुन् । सिंहका प्रतिष्पर्धी निकोलश पाण्डेले ३३७ मत ल्याए । हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलका आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भए । एशोशिएट […]

‘नेतृत्व चयन प्रणाली’मा रुमलिएको उद्योग वाणिज्य महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) नेतृत्व छान्ने प्रणाली कस्तो बनाउने भनेर विवादमा अलमलिएको छ । ६ वर्ष अघि  जस्तै प्रत्यक्ष निर्वाचनमार्फत् अध्यक्ष चुन्ने वा हालको व्यवस्थाअनुसार नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भन्ने आन्तरिक विवादमा महासंघ अलमलिएको हो ।हाल महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित पदाधिकारी कार्यकाल सकिएपछि स्वतः महासंघको अध्यक्ष बन्छ । यो व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्षको निर्वाचन जितेपछि स्वतः महासंघको भावी नेतृत्वको रूपम