काठमाडौँ महानगर : मेयर बालेन, उपमेयर डङ्गोल सहितका जनप्रतिनिधिहरूको शपथ ग्रहण भोलि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डङ्गोल सहितका जनप्रतिनिधिहरूले सोमबार (भोलि) शपथ ग्रहण गर्ने भएका छन् । भोलि बिहान ११ बजेतिर काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर […]

सम्बन्धित सामग्री

काठमाडौँमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाडौँ–  यसपालिको  तिहारमा काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षा ब्यवस्था मिलाएको र सोही समयसम्म देउसी भैलो खेल्न पाइने बताएका हुन् ।  मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,  ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा […]

महानगरवासीलाई निःशुल्क रक्त सेवा उपलब्ध गराउँदै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ। महानगरवासीलाई निःशुल्क रगत र र रक्त तत्व उपलब्ध गराउन महानगरले नेपाल रेडक्रस सोसाइटीसँग सोमबार सम्झौता गरेको हो। आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि महानगरबासीले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर उक्त सम्झौता गरिएको मेयर बालेन शाहले बताएका छन्। महानगरवासीले जुनसुकै अस्पतालमा […]

मेयर बालेनले भनेः अव्यवस्थित तार हटाएर सुन्दर सहर बनाउन सकिन्छ

काठमाडौँ- अव्यवस्थित तार हटाउन लक्षित गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अव्यवस्थित तार हटाएमा मात्र सुन्दर महानगर बनाउन सकिने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर अधिकारभित्र रहेर काम गर्न तयार रहेको समेत बताएका छन् ...

काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर  महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।  काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानग

मेयर बालेनको कविता : टुकचा उत्खनन नरोक्ने संकेत

काठमाडौँ –  काठमाडौँ महानगर पालिकाका मेयर बालेन साहले टुकुचा खोला उत्खनन नरोकिने संकेत गरेका छन्। उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका संरचना नभत्काउन अल्पकालीन आदेश जारी गरे पछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्दै आएका छन् । यसअघि उनले उच्च अदालत पाटनको फैसलाप्रति लक्षित गर्दै नेपाललाई नेपाल देश भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? भनेर सोधेका थिए। त्यसको […]

बालाजुमा बालेनको डोजर हेर्नेको भीड (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ महानगर पालिकाले बालाजु क्षेत्रमा पनि अवैध संरचना हटाउन सुरु गरेको छ। सोमबार बालाजु क्षेत्रमा डोजरसहित पुगेका मेयर बालेन शाहले अवैध संरचना हटाइ रहेका छन्। संरचना हटाउने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजे पनि प्रहरी र स्थानीयको सहयोगमा डोजरलगाएर अवैध संरचना हटाउन सुरु गरिएको हो। बालाजु अघि मेयर बालेनले काठमाडौँका बानेश्वर, कोटेश्वर, न्युरोड […]

आविष्कार केन्द्र खोल्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महावीर पुनबीच भएको भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।  मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा […]

आगलागी स्थल भृकुटीमण्डप पुगे मेयर बालेन

काठमाडौँ- काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपराह्न लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् । सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौँ महानगर मेयर बालेन शाह आगलागी स्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको […]