आविष्कार केन्द्र खोल्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महावीर पुनबीच भएको भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।  मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा […]