अजोड इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, ९ जेठ २०७८)

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. ६ करोड ११ लाखखुदनाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ७४ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यो अवधिसम्म कम्पनीले रु. ३ करोड ५१ लाखखुदनाफा गरेको थियो । यसै वर्ष सर्वसाधारणमा रु. ३० करोड बराबरको आईपीओ जारी गरी चुक्ता पुँजी रु. १ अर्ब पु¥याएको कम्पनीको जगेडा कोष रकम रु. ७ करोड ५५ लाख रहेको छ । कम्पनीको बीमा कोष रकम पनि रु. ९ करोड २९ लाख कायम भएको छ । कम्पनीले ६८ दशमलव ९० प्रतिशत बढी यो वर्ष रु. १ अर्ब २ करोड ४१ लख कुल बीमाशुल्क आर्जन गरेकामा २०१ प्रतिशतभन्दा बढी रु. ५० करोड २९ लाख कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ८ दशमलव १५ र प्रतिशेयर नेटवर्थ रु. ११७ दशमलव ६८ रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ११ ले घटेर अन्तिममा रु. ८६२ कायम भएको छ । निष्कर्ष कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य ओरालो लागेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव शून्य ५ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १०दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ८७३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८३४ मा टेवा पाउने र महँगिए रु. ८९२ मा प्रतिरोध पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

नयाँ आर्थिक वर्ष शुरु भएसँगै शेयर बजारमा सकारात्मक माहोल, २१४४ विन्दुमाथि नेप्से

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक २ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । यससँगै परिसूचक २ हजार १४४ दशमलव १६ विन्दुमा पुगेको हो । परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आइतवार रू. २ अर्ब ३७ करोड बराबरको शेयर कारोबार भएकोमा सोमवार साढे २ अर्बभन्दा बढी कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ५२ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ ।  सोमवार २५७ धितोपत्रको ७६ लाख ३४ हजार १९० कित्ता शेयर ५० हजार २९९ पटकमा रू. २ अर्ब ५६ करोड बराबरको शेयर  किनबेच भएको छ । यस दिन कारोबारमा आएका धितोपत्रमध्ये बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २३२ पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्नेको दोस्रोमा युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ५३८ दशमलव ४० पुगेको छ ।  सोमवार सबैभन्दा बढी कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ८ दशमलव ३७ प्रतिशत घटेको छ । यससँगै योजनाको इकाई मूल्य रू. ९ दशमलव २० मा झरेको हो । यो सूचीमा दोस्रोमा सानिमा ग्रोथ फण्ड छ । उसको इकाई मूल्य ७ दशमलव ५१ प्रतिशत घटेर रू. ९ दशमलव २४ कायम भएको छ ।  यस दिन सर्वाधिक शेयर किनबेच शिवम् सिमेन्ट भएको छ । कम्पनीको रू. १४ करोड ८६ लाख बराबरको भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६६२ पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने सूचीमा दोस्रोमा हिमालयन लाइफ इन्स्योरेन्स छ । कम्पनीको रू. १० करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको शून्य दशमलव ४९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४ दशमलव १४ प्रतिशत वृद्धि भएको छ । यो सूचीमा दोस्रोमा वित्त समूह छ । उक्त समूहको परिसूचक ३ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुरू

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरू भएको छ । आइतवारदेखि एकीकृत कारोबार शुरू गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ पाँच निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतवार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरू गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा ‘सिनर्जी’ ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए । साथै निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिए । समारोहमा साविक युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पूँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसूस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ थियो । अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए ।  युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्रेष्ठले ४ वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नयाँ प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीमा उभ्याउने बताए । सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।  निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्‍याउनुपर्ने बताए ।  यस्तै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरू बीमा सेवा नपुगेका ठाउँमा जानुपर्नेमा जोड दिए । मर्जरसँगै कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरूमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज हुने

काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभ्ने/गाभिने भएका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनीको सोमबार भएको विशेष साधारणसभामा अजोडसँग एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रस्ताव पारित गरिएको हो । कम्पनी एकापसमा गाभिएपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिएको जनाइएको छ । कम्पनीको चल अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य […]

अजोड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण समूहमा परिवर्तन

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (Ajod Insurance Company Limited) को संस्थापक शेयर (Promoter Share) सर्वसाधारणमा परिर्वतन हुने भएको छ । कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन  हुने भएको हो । त्यसपछि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम हुनेछ ।  कम्पनीले गरेको यस्तो प्रस्ताव मंसिर ९ गते सम्पन्न भएको साधारण सभाले पारित गरिसकेको तथा नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority)बाट पनि स्वीकृति पाइसकेको छ । संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहानेले सोही अनुसारको निवेदन सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा दिन कम्पनीले अनुरोध गरेको छ ।   सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने भएका छन् । मंगलवारका दुई कम्पनी एकापसमा गाभ्न तथा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।   उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने

१ साउन, काठमडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । ३२ असार शनिबार दुई कम्पनीबीच एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा तलमाथि नभएमा प्रभु र अजोड इन्स्योरेन्सबीच १००:७० को […]

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले वृद्धि, ६ महिनामा ४ करोड ६३ लाख खुद नाफा

काठमाडौं। अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ६३ लाख रुपैयाँ खुद

अजोड इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसको एनपीआई प्रणालीमा आबद्ध

अजोड इन्स्योरेन्स कम्पनी पनि नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएको छ ।