साउन १५, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लूचिप फण्डले असार मसान्तसम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार दुबै योजनाको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा घटेको छ । सनराइज फर्स्ट म्युचुअल फण्डको नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ४ प्रतिशतले कमि आएको छ । जेठ मसान्तसम्ममा रू. ८० करोड ३ लाख९७ हजार नाफा कमाएको उक्त फण्डको नाफा असार मसान्तमा रू. ७६ करोड ८१ लाख २८ हजारमा सीमित भएको हो ।
त्यसैगरी जेठ मसान्तसम्ममा रू. ९३ लाख २६ हजार नाफा कमाएको सनराइज ब्लूचिप फण्डको नाफा असार मसान्तमा भने नाफा रू. ६८ लाख ९३ हजारमा सीमित भएको छ । उक्त योजनाको नाफाघटेसँगै एनएभीमा पनि कमि आएको छ । जेठ महीनामा एनएभी रू. १० दशमलव शून्य ७ रहेकोमा असार महीनामा घटेर रू. १० दशमलव शून्य ६ मा कायम भएको हो ।
त्यसैगरी सनराइज फर्स्ट म्युुचअल फण्डको एनएभी रू. १९ दशमलव ५८ रहेकोमा असार मसान्तमा रू.१९ दशमलव २१ कायम भएको छ । ती दुबै योजनाको आम्दानीमा कमि आएकाले एनएभी सँगै नाफा घटेको हो ।