बाजुराको स्वामीकात्तिक गाउँपालिकामा सुख्खा पहिरो जाँदा कर्णाली नदी आंशिक रूपमा थुनिएको छ ।
स्वामीकात्तिक - १ मा सुख्खा पहिरोले नदी थुनिए पनि अहिले ओभरफ्लो भएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
पहिरोका कारण झण्डै १ किलोमिटरसम्म ताल जमेको प्रहरीले जनाएको छ ।