पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा एक युवक बेपत्ता

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् । बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताउनुभयो । …