दीपालाई आमा र कर्णाली नदी एउटै लाग्छ । 'आमाले आफ्ना सन्तालाई जहिले पनि दिइरहन्छिन् । उनीहरूको खुसी र सुखका लागि बेहिसाब सेवा गरिरहन्छिन् । त्यसरी नै कर्णाली नदीले कर्णालीवासीको सेवा गरिरहेका छ,' उनी भन्छिन्, 'बदलामा हामीले के दियौं ? बस्तीको ढल, सिनो, प्लाष्टिक र फोहारको थुप्रो दिएका छौं ।'