जैतून पार्क पर्यटकको रोजाईमा

धनकुटा । धनकुटाको साँगुरीगढी र मोरङ्गको केराबारी गाउँपालिकामा पर्ने थामडाँडामा पार्क निर्माण भएपछि आन्तिरिक पर्यटकको घुइचो लाग्न थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पार्कमा पिक्निक स्पट, चिल्डे«न पार्क, चिडियाखाना, भ्यूटावर, नेपालको राष्ट्रियता झल्कने विभिन्न कलात्मक प्रतिक निर्माण गरिएको छ । यो पार्क निर्माणका लागि १ करोड ७५ लाख रुपैयाँ खर्च भएको पार्क […]

सम्बन्धित सामग्री

‘ओशो पार्क’ पर्यटकको रोजाइमा

धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । बाजापार्क पहिलो पटक देखेको र बाजा समेत …

पर्यटकका लागि घोडेपानीमा बन्यो लालीगुराँस पार्क

म्याग्दी : पदयात्रााका लागि विश्वप्रसिद्ध अन्नपूर्णको प्रमुख गन्तव्य स्थल घोडेपानीमा लालीगुराँस उद्यान (पार्क) निर्माण भएको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्बुजा पुन(सुशील) ले बताए।अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाई लम्ब्याउन र छिटो आएक

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’

वालिङ, १४ असार  । स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो । घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन अन्यन्त्र स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो । स्थानीय नवप्रभात युवा […]

कालिसारमा लालीगुराँस पार्क निर्माण

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालिसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालिसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस […]

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

काठमाडौँ,२० कार्तिक । दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश […]

पर्यटकको आकर्षण केन्द्र बन्दै सल्यान

सल्यान : कोरोनाका कारण सुस्ताएको सल्यानको पर्यटन पुरानै लयमा आउन थालेको छ।लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको छ।कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालेकाले जिल्लाका पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्न थालेको हाे।नेपाल सरकारले घोषणा गरेको देशका एक सय पर्यटकीय स्थल भित्र पर्न सफल कुपिण्डे ताल, खैरा वाङ भगवती मन्दिर, नेपालको ठूलो शंख रहेको शंखमूल पार्क, छत्रेश्‍वरी शक्ति पीठ लगायतका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चाप ब

नयाँ वर्ष मनाउन ठोरीमा पर्यटकको घुइँचो

वीरगंज : नयाँ वर्ष २०२२ मनाउन ठोरीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आज घुइँचो लागेको लाग्यो। नेपाल भारतको ठोरी सीमा नाका नखुले पनि ठोरीमा पिकनिकको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको कमी भएको थिएन। ठोरीको ठुटेखोला, राइधारा, गणेशमान पार्क, चिता खोला, चिसापानी, रानीबन, रातो पहाडलगायतका पर्यटकीय क्षेत्रमा नयाँ वर्ष मनाउन आउने…

६ महीनापछि खुल्यो टीकापुर पार्क

कैलाली । कोरोना भाइरसको संक्रमणका कारण विगत ६ महिनादेखि बन्द कैलालीकै मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेका टीकापुर पार्क खुला गरिएको छ । लामो समयदेखि टीकापुर पार्क खुला गर्नुपर्ने आवाज उठ्दै आए पनि नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गत हप्तादेखि खुला गरेको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि गत वैशाखबाट पार्क बन्द भएको थियो । निषेधाज्ञा खुलेसँगै गत भदौ १९ गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकको अवलोकनका लागि पार्क खुला गरिएको नगरपालिकाले बताएको छ । पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेको पार्कमा भीड नै लाग्ने गरेको छ । पार्क खुला भए पनि विगतका वर्षहरू जस्तो पर्यटकको भीडभाड भने निकै कम भएको छ । दशैं, तिहारको समयमा पार्क अवलोकनका लागि आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने अनुमान गरिएको छ । पार्कमा कार्यरत विनोद चौधरीका अनुसार अहिले दैनिक एक सयसम्म पर्यटक पार्क अवलोकनका लागि आउने गरेका छन् । पार्कमा कार्यरत कर्मचारीबाहेक अन्य ४० जना कामदार लगाएर पार्कको सरसफाइ लगायत काम सम्पन्न भएको भन्दै उनले पार्कको आन्तरिक व्यवस्थापनको बाँकी काम पनि जारी रहेको बताए । बर्दियाको राजापुरबाट टीकापुर पार्क अवलोकनका लागि आएका राजेश चौधरीले लामो समयपछि टीकापुर पार्कको अवलोकन गर्न पाउँदा खुशी लागेको बताए । यद्यपि पार्कभित्रको सौन्दर्य घटेको पाइएको भन्दै उनले पार्कको सरसफाइलगायत विषयमा सुधार हुनुपर्ने बताए । पार्क छेउमा होटल व्यवसाय गर्दै आएका रवीन्द्र विष्टले विस्तारै पार्क क्षेत्रमा चहलपहल बढ्न थालेपछि व्यवसायमा पनि सुधार हुन थालेको बताए । ‘पार्क खुल्दा अब व्यवसायीमा केही आशा पलाएको छ,’ उनले भने, ‘यसअघि साहु र बैंकको ब्याजसमेत तिर्न सक्ने अवस्थामा थिएन ।’      टीकापुर पार्कसँग जोडिएको क्षेत्रमा ५० भन्दा बढीले व्यवसाय गर्दै आएका छन् । लामो समयको कोरोना कालमा केही व्यवसायी विस्थापित भएका छन् भने पार्कसँगै रहेको बनना रिसोर्ट, मुद्रा संग्रहालय र विज्ञान संग्रहालयको स्थापना भएको छ । रासस

आन्तरिक पर्यटकको आकर्षण बन्दै बंगलाचुली पार्क

दाङ । पछिल्लो समय दाङका विभिन्न ठाउँमा विभिन्न पार्क निर्माण तथा सञ्चालन गरी आन्तरिक पर्यटन प्रवद्र्धनको प्रयास थालिएको छ । यसैको उदाहरण हो दाङको बंगदाचुली गाउँपालिकाले बनाएको ‘बंगलाचुली पार्क’ । बंगलाचुली गाउँपालिका–५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रूपमा विकास गरिएको छ । करीब २५० रोपनी क्षेत्रफलमा गाउँपालिकाले पार्क निर्माण गरेको हो । सामुदायिक वनमा पर्ने उक्त क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न बृहत् योजनाका साथ अघि बढाइएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताए । ‘यस क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘केही भौतिक संरचना बनिसकेका छन् भने केही बन्दै छन् ।’ पार्कस्थलमा अहिले रू. १ करोड २६ लाखको लगानीमा आधुनिक भ्यू–टावर निर्माण भइरहेको छ, जुन काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । भ्यू–टावर सञ्चालनमा आएपछि भारतका विभिन्न ठाउँ, प्यूठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालका साथै दाङ उपत्यका सहजै अवलोकन गर्न सकिनेछ । त्यसैगरी पार्कस्थलमा प्रतीक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्न कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्न पक्की बाटोलगायत संरचनाको निर्माण सम्पन्न भइसकेको गाउँपालिकाले बताएको छ । यी संरचना निर्माणका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालयमार्फत गतवर्ष रू. ५० लाख र यस वर्षमा २० लाख गरी रू. ७० लाख लगानी गरिएको छ । त्यस्तै गाउँपालिकाले पनि २० लाख र पर्यटन बोर्ड भैरहवाले ५ लाख लगानी गरेको अध्यक्ष वलीले जानकारी दिएका छन् । विभिन्न क्षेत्रबाट करोडौंको लगानी भए पनि धेरै संरचना बनाउन अझै बाँकी रहेको त्यसलाई निरन्तरता दिँदै लैजाने उनको भनाइ छ ।