कालिसारमा लालीगुराँस पार्क निर्माण

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीस्थित कालिसारमा लालीगुराँस उद्यान (पार्क) निर्माण सम्पन्न भएको छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुराँसे जङ्गलबीचमा रहेको कालिसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा पर्यटन पूर्वाधार निर्माण गरिएको लालीगुराँस पार्क निर्माण समितिका अध्यक्ष देवेन्द्र गर्वुजा पुनले बताए । अन्नपूर्ण पदयात्रामा आउने पर्यटकको बसाइ लम्ब्याउन र छिटो आएका पर्यटकलाई लालीगुराँस […]