नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कसैले हराउँछ भने पार्टीभित्रैबाट मात्र हराउन सकिने बताएका छन् । उनले भने, ‘कांग्रेस एक भएको खण्डमा कसैले पनि हराउन सक्दैन । हाम्रो पार्टीलाई हराउँछ भन्ने आफैंले हराउने हो । यदि हामी एक भयौँ भने संसारको कुनै पनि तागतले हराउन सक्दैन ।’
नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ ले आइतवार आयोजना गरेको दशैं तिहारको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले पार्टीको महाधिवेशन मिति नज...