काठमाडौँ : नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको पार्टी नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य संकटोन्मुख देखिएको छ। पार्टी गठनको साढे दुई वर्ष नबित्दै सयौं नेता–कार्यकर्ताले पार्टी परित्याग गरी ‘पुरानै घर’ नेकपा एमालेमा फर्किएपछि पार्टीको भविष्य नै अन्योलजस्तो देखिएको हो।एमालेबाट विद्रोह गर्दा महत्त्वपूर्ण भूमिका खेलेका शीर्ष तहका नेताहरूले नै पार्टी छाडेपछि आफूलाई एक मात्र वाम विकल्प दाबी गर्दै आएको एकीकृत समाजवादी क्रमशः खिइँदै गएको छ। केन्