केही महिनाभित्रै दोस्रो पटक पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको हो ।