सर्वोच्चमा महन्थको दुःखेसो : मलाई अपुरणीय क्षति हुने भो !

निर्वाचन आयोगले साउन ११ गते जनता समाजवादी पार्टी (जसपा) को विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने गरेपछि संकटमा परेका महन्थ ठाकुर विहीबार सर्वोच्च अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । आयोगको निर्णयबाट आफ्नो राजनीतिक भविष्य हुन लागेको ठाकुरको दुःखेसो छ ।बिहीबार सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा आयोगको आदेशले पार्टी विभाजन हुने र पार्टी विभाजन हुँदा केन्द्रीय नेतृत्वको प्रयोजन समाप्त भई आफू लगायतलाई अपूरणीय क्षति हुने भएकाले आयोगको निर्णय कार्यान्वयन नगर्न, नगराउन ठाकुरले उत्प्रेषणको आदेश म