चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै चेन्नई १४ अंकका साथ आइपिएलको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।बैंगलोरले दिएको १५७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चन्नईले १८ ओभर १ बलमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। चेन्नईलाई जित दिलाउन रुटुराज गेकवाडले ३८ रन बनाए। यस्तै‚ अम्बती रायडुले ३२, फाप्डु प्लेसिसले ३१ तथा मोइन अलीले २३ रनको य