हिरो मोटो कर्पको नेपालका लागि आधिकारीक बिक्रेता नेपाल जेनरल मार्केटिङ (एनजीएम)ले भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १३ औं नाडा अटो–शोमा एक्सट्रीम २०० आर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले २०१८ को अटो एक्स्पोमा सार्वजनिक गरेको मोटरसाइकललाई एनजीएमले नेपाली बजारमा ल्याउन लागेको हो । कम्पनीले यस मोटरसाइकलको बजार मूल्य दुई लाख ७५ हजारभन्दा माथि हुने जानकारी दिएको छ ।