केएमसीमा शिक्षामन्त्रीको छड्के- बढी शुल्क लिएको पाइए कारवाही गर्ने चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को अनुगमन गरेर विद्यार्थीहरूबाट कानूनभन्दा बढी शुल्क नलिएको प्रमाणित गर्न निर्देशन दिएका छन् । केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा आन्दोलनरत छन् । मन्त्रीले कानूनअनुसार नै शुल्क लिएको प्रमाणित गर्न नभए, कानूनअनुसार कारबाही हुने बताएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिइन् । मन्त्रीसँगै अनुगमनमा शर्मा पनि सहभागी थिइन् ।  वार्तामार्फत् समस्या समाधान गर्न र कान...

सम्बन्धित सामग्री

मेनुमा उल्लेख भएको मूल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी

काठमाडौं, ४ कात्तिक । वाणिज्य,आपुर्ति तथा संरक्षण विभागले मेन्युमा करसहितको अन्तिम उपभोक्ता मुल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी दिएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ती जारी गर्दै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीलाई मेन्युमा उल्लेख गरिएको मुल्यमा अतिरिक्त रकम नलिन आग्रह गरेका हुन् । मेनुमा अतिरिक्त शुल्क र मूल्य अभिवृद्धि कर लिइएको पाइएमा […]

कोरोना परीक्षणको शुल्क घट्यो

कोरोना परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले शुल्क घटाएको हो  ।जस अनुसार  सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना परिक्षण शुल्क ८०० कायम गरिएको छ  । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । निजी प्रयोगशालाहरुमा पीसीआर परिक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो । तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।

ताेकिएकाेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारवाही : शिक्षा मन्त्रालय

निर्धारितभन्दा बढी विद्यार्थीबाट शुल्क अशुल्ने मेडिकल कलेजलाई कारवाही गर्ने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर प्रचलित नियम र कानुन विपरित कुनै पनि शिर्षकमा शुल्क नलिन कलेज सञ्चालकलाई पटक पटक चेतावनी दिंदा अटेरि गरिरहेको पाइएको जनाएको छ ।

अंग्रेजी माध्यमको नाममा शुल्क नउठाउन कोहलपुर नगरपालिकाको निर्देशन

७ असार, बाँके । बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अंग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ । निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको हो । नगरपालिकाको […]

कोरोना संक्रमितलाई चर्को शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमितलाई चर्को शुल्क लिने निजी अस्पताललाई कारवाही गरिने

कोरोना भाइरस संक्रमितको उपचारका लागि तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

चर्को शुल्क असुल्ने अस्पताललाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि तोकिए भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी ध्यानाकर्षण पत्रमार्फत मन्त्रालयले सो चेतावनी दिएको हो ।मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गरेको छ । यदि तोकाएकोभन्दा बढी शुल्क लिएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ

२ हजार भन्दा बढी पीसीआर शुल्क लिने निजि प्रयोगशालालाई मन्त्रालयले कारवाही गर्ने

काठमाडौं, १४ बेशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको भन्दा बढी पीसीआर परिक्षण शुल्क लिने प्रयोगशालाहरुलाई कारवाही गर्ने भएको छ । मन्त्रालयले तोकिएको भन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै आज एक सुचना जारी गर्दै बढी शुल्क लिने प्रयोगशालालाई कारवाहीको चेतावनी दिएको हो । सरकारले पीसीआर परिक्षणको लागि सरकारी प्रयोगशालाहरुमा १ हजार र निजि […]