कोरोना परीक्षणको शुल्क घटेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले शुल्क घटाएको हो ।जस अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना परिक्षण शुल्क ८०० कायम गरिएको छ । सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो । निजी प्रयोगशालाहरुमा पीसीआर परिक्षणको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो । तोकिएको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।