टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले राजधानीमा आयोजित औपचारिक समारोह मार्फत नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो। नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।