राजनीति खेल्न सिपालु एमाले अध्यक्ष केपी शर्मा ओली हरेक चुनावमा गठबन्धन बनाउँछन् । तर, चुनावपछि एमालेले एक्लै जितेको प्रचार गरिन्छ । अर्का खेलाडी माओवादी अध्यक्ष प्रचण्डले पनि गठबन्धनको खेल खेल्न थालेका छन् । तर, प्रचण्डको गठबन्धन मोडल प्रायः अस्थिर र विवादित बन्ने गर्छ ।नेपालमा पछिल्लो समय चुनावी गठबन्धनका दुईवटा मोडल प्रयोगमा आएका छन् : एउटा भरतपुरको मोडल, अर्को झापाली मोडल । अर्थात्, एउटा केपी ओलीको ‘साइलेन्स’ मोडल, अर्कोे होहल्लासहितको माओवादी मोडल ।एमाले अध्यक्ष ओलीले सार्वज