३० वर्षकी एक महिलाले इटहरीस्थित एक घरमा शुक्रबारदेखि काम गर्न थालिन्।
साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै थिइन्। गछिया खोला पुलनजिक ओर्लिएर एक युवकलाई उनले ‘लोकेसन’ सोधिन्। ती युवकले बहिनीको घर पुर्याइदिने भनी गाडीमा राखेर लगे। तर, झुक्याएर होटलमा पुर्याई राति तीन जनाले बलात्कार गरेको खुलेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र प्रत्यक्षदर्शी भनिएकी आरती श्रेष्ठ पक्राउ परेका छन्। झापा घर बताउने रामबहादुर नेपाली फरार...