काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।