कैलालीको सुखडकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार रहेका छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो ।