कपिलवस्तु अस्पताल मुलुककै उत्कृष्ट

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कपिलस्तु अस्पताल मुलुककै उत्कृष्ट अस्पताल घोषित भएको छ। न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस) मा देशभरका अस्पतालमध्येमा कपिलस्तु अस्पताल सर्वोत्कृष्ट बन्न सफल भएको हो। स्वास्थ्य निर्देशनालयको एमएसएस स्रोतव्यक्तिको प्रतिनिधिका रूपमा गुल्मी अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्याले कपिलवस्तु अस्पताललाई ९६ प्रतिशत अंकसहित सर्वोत्कृष्ट अस्पताल घोषणा गरेका हुन्। गत वर्ष अस्पतालले ८६ […]

सम्बन्धित सामग्री

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

कपिलवस्तु आयुर्वेदालय लुम्बिनीमै उत्कृष्ट

तौलिहवास्थित कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित भएको छ।

गणतन्त्रको अभ्यास नेपालबाटै भएको हो : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले विश्वमा गणतन्त्रको अभ्यास नहुँदै शदियौं पहिले कपिलवस्तु लगायतका क्षेत्रमा गणतन्त्रको अभ्यास भैसकेको बताउनुभएको छ । नयाँ निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै डा. राउतले उपरोक्त भनाई राख्नुभएको हो । उहाँले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो …

करुण घिमिरे एसइईमा कपिलवस्तु कै उत्कृष्ट

कपिलवस्तुको बाणगंगा नगरपालिका सिद्धिपुरमा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका करुण घिमिरे एसइई परीक्षामा जिल्ला मै उत्कृष्ट बनेका छन्। २०७८ को सार्वजनिक भएको नतिजा अनुसार उनले ४ जिपिए ल्याउँदै जिल्ला मै उत्कृष्ट बनेका हुन्।...

लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो कपिलवस्तु अस्पताल

जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो भएको हो ।

स्वास्थ्य सेवामा कपिलवस्तु प्रदेशमै उत्कृष्ट

स्वास्थ्य सेवामा सुधार आएपछि कपिलवस्तुका २ अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषणा भएका छन् । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा जिल्लाका २ स्वास्थ्य संस्था र २ स्वास्थ्यकर्मी सम्मानित हुनुभएको छ ।

सातवटै प्रदेशका उत्कृष्ट होमस्टे सम्मानित

सुर्खेत । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले सातै प्रदेशका उतकृष्ट होमस्टेहरुलाई सम्मान गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा देशैभरीका होमस्टेकर्मीहरुको सहभागीतामा आयोजिते तेस्रो राष्ट्रिय होमस्टे कार्यशाला गोष्ठीमा होमस्टेहरु सम्मानित भएका हुन् । कार्यशाला गोष्ठीमा देशैभरबाट छानिएर आएका २१५ जना अगुवा होमस्टेकर्मीहरुको सहभागिता रहेको थियो । उत्कृष्ट होमस्टेहरु साँघु कोलडाँडा सामुदायिक होमस्टे(ताप्लेजुङ्ग), सुनाखरी सामुदायिक होमस्टे(पर्सा), नागार्जुन सामुदायिक होमस्टे(काठमाडौं), सुन्तलाबारी सामुदायिक होमस्टे(स्याङ्जा), जगदिशपुर सामुदायिक होमस्टे(कपिलवस्तु), आफर सामुदायिक होमस्टे (सुर्खेत), र थारु सामुदायिक होमस्टे(कैलाली) लाई सम्मान गरिएको हो । ३ दिनसम्म सञचालन गरिएको कार्यशाला गोष्ठिमा पशुपति न्यौपानेबाट होमस्टेको अवसर तथा चुनौतीे, रामचन्द्र सेढाईंबाट कर्णाली प्रदेशमा होमस्टे, दिपकराज जोशीबाट कोभिड १९ पछिको होमस्टेमा स्वच्छता, डा. आलोक प्रसाईंबाट नेपालमा होमस्टेको नितीगत व्यवस्था र राजेन्द्रप्रसाद त्रिपाठीबाट होमस्टेमा तालिम, विकास तथा बजारीकरण विषयमा प्रस्तुत गरिएका कार्यपत्रहरुमाथि छलफल भएको थियो । यसैगरी होमस्टे पर्यटनका सन्र्दभमा होसानसँग सहकार्य गर्दै आइरहेका संस्था तथा निकायहरु पर्यटन विकास आयोजना कर्णाली प्रदेश, तारागाँउ विकास समिति, नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक लि., कम्यूनिटी होमस्टे डट कम, रैथाने एग्रि प्रड्क्स, गरीबी निवारण कोष, जुवलोजिकल सोसाईटी अफ लण्डन, डब्लु डब्लु एफ नेपाल, राष्ट्रिय युवा परिषदबाट हुँदै आइरहेको कामको समिक्षा गर्दै आगामी दिनमा होसानसँग गर्न सकिने सहकार्यका विषयमा छलफल गरिएको थियो । कार्याशाला गोष्ठी ७ बुँदे सुर्खेत घोषणा पत्र जारी गर्दै समापन भएको आयोजकले जनाएको छ ।

शुद्धोधनमा तेस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु

कपिलवस्तु । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुद्धोधन गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नं २ को बरगदवामा रहेको खेल मैदानमा खेल प्रतियोगिता उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष निसार अहमद खांले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको चौतर्फी विकास हुने हुँदा गाउँपालिकाका यस्ता कार्यक्रमलाई निरन्तरता दिएको बताए । ३ दिन सम्म चल्ने खेलमा भलिबल,कबड्डी एथलेटिक्स लगायता खेल हुनेछन् । खेला उत्कृष्ट खेलाडी र विद्यालयलाई पुरस्कार प्रमाणपत्र र मेडल प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । उद्घाटन समारोहमा वडा नं २ का अध्यक्ष मनोज कुमार यादव,३ नं का महिवुद्धिन मुसलमान , वडा नं ६ का अध्यक्ष विजय बहादुर यादव, लेखा अधिकृत ऋषिदेव अर्याल, शिक्षा अधिकृत धनी प्रसाद शर्मा, प्रशासन प्रमुद ईश्वरी प्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो । प्रतियोगिताको प्राविधिक व्यवस्था जिल्ला खेलकुद विकास समितिले गरेको छ । प्रतियोगिता गाउँपालिका क्षेत्रका ८ विद्यालयहरू सहभागी भएका छन् ।

लुम्बिनीलाई अन्य पर्यटकीय क्षेत्रसँग जोड्नुपर्छ

प्रस्तावित लुम्बिनी प्रदेश (हाल प्रदेश नम्बर ५) कृषि, पर्यटन, उद्योगका लागि नेपालकै उत्कृष्ट प्रदेश रहेको छ । अन्तर्राष्ट्रियस्तरमा सबैको ध्यानआकृष्ट गर्न सफल सम्पदा बुद्धजन्मस्थल लुम्बिनी, बाघका लागि उत्कृष्ट क्षेत्र बर्दिया निकुञ्ज, भारतको रानीमहलको झल्को दिने पाल्पाको रानी महल, कपिलवस्तु लगायतका स्थानमा भएका बुद्धस्थलहरू, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वाधार निर्माणसम्बन्धी सिमेन्ट र छडलगायत अन्य ठूला उद्योग, नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका बेलहिया–भैरहवा लगायतका कारणले यो प्रदेश आफैंमा महत्वपूर्ण छ । प्रदेशले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाइरहेको छ । प्रदेशको उद्योग, पर्यटन वन, तथा वातावरणमन्त्री लिला गिरिसँग कारोबारकर्मी मनोरञ्जन शर्माले जारी भ्रमण वर्ष, यस क्षेत्रको पर्यटन तथा औद्योगिक विकासलगायतका विषयलाई समेटी गरेको कुराकानीको सार :