कपिलवस्तुको बाणगंगा नगरपालिका सिद्धिपुरमा रहेको होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालयका करुण घिमिरे एसइई परीक्षामा जिल्ला मै उत्कृष्ट बनेका छन्। २०७८ को सार्वजनिक भएको नतिजा अनुसार उनले ४ जिपिए ल्याउँदै जिल्ला मै उत्कृष्ट बनेका हुन्।...
कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ।...
३ वर्ष अघि कपिलवस्तु संग्रहालय हाता भित्र नयाँ भवन निर्माण गरी संचालन समेत गरिएको छ। तर पनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पदै आएको छ।...
कपिलवस्तु । कपिलवस्तु २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ ले प्रमाणपत्र वितरण गरेको छ । कपिलवस्तु जिल्ला अदालत प्रमुख न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारी र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेशसभा (१) मा निर्वाचित नेकपा एमालेका नवराज लामिछाने र प्रदेशसभा (२)मा निर्वाचित […]
The post कपिलवस्तु २– निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
५ मंसिर, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले ४७७ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३०१ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु नगरपालिकाको तौलिहवामा आयोजित १२ नगर सभाको दोश्रो बैठकले बुद्ध नगरी कपिलवस्तु नगरपालिकालाई सांस्कृतिक नगरपालिका बनाउने निर्णय सर्व सम्मत निर्णय पारित गरेको हो।...
जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई शुक्रबार सम्मान गरेको हो ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा कपिलवस्तु प्रहरीका तर्फबाट उपस्थित प्रहरी निरीक्षक रेशम पौडेललाई प्रमाणपत्र प्रदान गरे । कपिलवस्तु प्रहरी प्रमुख एसपी दानबहादुर कार्की र डीएसपी कोभिड संक्रमित भएर आइसोलेसन
कपिलवस्तु – कपिलवस्तुमा कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै सङ्क्रमित बिरामीहरुको उपचार सुरु गरिएको हो ।
अस्पताल भवनको इमरेन्जी वार्डको बाहिरपट्टिको बरन्डामा बेडको प्रबन्ध गरी कोरोना सङ्क्रमित र कोरोना शङ्कास्पद बिरामीहरुको ...